१६ भदौ, काठमाडौँ । बुद्ध डेण्टल हस्पिटल प्रालि चाबहिल काठमाडौँले विद्यालय केन्द्रित नि:शुल्क दन्त शिविर कार्यक्रमलाइ अभियानको रुपमा संचालन गर्दै आएको छ । यसै शिलसिलामा भदौ १३ गते काठमाडौँको बिशाल नगर हाँडीगाउँमा अबस्थित कन्सोलेसन स्कुलमा पनि निशुल्क दन्त शिविर कार्यक्रम संचालन गर्यो। उक्त शिविरमा बिद्यार्थीहरुको उत्साहपुर्वक उपस्थिति थियो ।
खबर जेन डट कमको टिमले शिविरमा उपस्तिथ बिद्यार्थी हरुसित संक्षिप्त प्रतिक्रिया लिने क्रममा यस क्रार्यक्रमबाट आफुहरु निकै लावान्भित भएको प्रतिक्रिया दिए । बुद्ध डेण्टल हस्पिटलका प्रशासन प्रमुख राजेशराज गड्तौलाले यस प्रकारका शिबिर संचालन गरेर बिद्यार्थी र अभिभावकलाइ स्वस्थ दाँतको लागि जागरुक गराउने उदेश्य रहेको बताए । बुद्ध डेन्टल हस्पिटल प्रालिले आजसम्म ५३ / ५४ वटा निशुल्क दन्त शिविर संचालन गरिसकेको उनको भनाइ थियो । कन्सोलेशन स्कुलका एक्टिङ्ग प्रिन्सिपल सरोज न्यौपानेले यस प्रकारको कार्यक्रमले बिद्यालय परिवार लाभान्वित भएको प्रतिक्रिया दिए ।